काठमाडौं—दुई महिनामा पनि अनुसन्धान नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्रीरवि लामिछानेलाई मंगलबार आठौँ पटक म्याद थपका लागि अदालतमा उपस्थिती गराइदैछ । 
कास्की प्रहरीले दिएको जानकारी अनुसार सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन अध्ययन गर्न समय लाग्ने भएपछि ४ दिनको म्याद थप गर्न अदालतमा पेश गर्न लागिएको छ । 


गत कात्तिक २ गते पक्राउ परेको लामिछाने ६१ दिनदेखि हिरासतमा छन् ।  यसपटकको म्याद सम्भवतः अन्तिम पटक हुने जनाइएको छ । रवि जोडिएको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा ५१ जनालाई प्रतिवादी बनाइएको छ ।

रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान जारी राखिएको छ ।  १ अर्ब ५१ करोड ४० लाखको बिगो मागसहित प्रहरीले प्रतिवेदन तयार गरेर सरकारी वकिल कार्यालयलाई बुझाएको बताइएको छ ।