काठमाडौ - नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सह-सचिवमा (समावेशी) नारी संसार पत्रिकाकी सम्पादक ईश्वरी अधिकारी (ईशा) निर्वाचित भएकी छन् ।
मंसिर २८ मा भएको निर्वाचनमा प्रतिद्धन्द्धी मनिका खतिवडालाई पछि पार्दै ३ सय ८३ मतसहित निर्वाचित भएकी हुन । मनिका खतिवडाको २ सय ८३ मत मात्रै आएको थियो ।
पत्रकारको हकहितमा लामो समयदेखि निरन्तर रुपमा काम गर्दै आउनु भएकी अधिकारी खोजमुलक र तथ्यपरक पत्रकारितालाई संस्थागत गर्नुपर्दछ भन्ने विचार राख्ने पत्रकारमा गनिन्छीन । नारी संसार पत्रिकाको अलवा अन्य सञ्चार माध्यममा पनि लामो काम गरेको अनुभव अधिकारीको रहेको छ । सम्पादक अधिकारीले पत्रकार कसैको गुटगत पेशामा अल्झिने पेशा नभई भूइमान्छे र राज्यको सम्बन्ध नजिक बनाउने पुलको काम गर्ने पेशा हो र राज्यले बाटो विराउदा सशक्त कलमको माध्यमबाट राज्यलाई खबरदारी गर्ने पहिलो जिम्मेवारी पत्रकारको हो उनको भनाई छ ।
सह सचिवमा निर्वाचित भएपछि विशाल नेपाल अनलाइनसँग कुरा गर्दै उनले भनिन यो जित मेरा लागि पत्रकारको हकहितमा अझ सशक्त भएर काम गर्ने खदिलो ऊर्जा हो र मलाई मत दिने सबैप्रति आभार छु । पत्रकारको हकहितको लागि पत्रकारितालाई संस्थागत विकासमा अब्बल बनाउनका लागि पार्टीभन्दा माथी उठेर काम गर्ने मुख्य दायित्व बोध भएको हुनाले यसै मन्त्रलाई अबलम्बन गरी काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेकी छन् ।
काठमाडौं शाखाको अध्यक्षमा शोभा अर्याल, उपाध्यक्ष खुल्लामा हेम बहादुर राना (कमल) उपाध्यक्ष समावेशीमा कान्ति न्यौपाने, सचिव खुल्लामा रमेश कुमार बोहोरा, सह सचिव खुल्लामा विक्रम रत्न, कोषाध्यक्षमा राम चन्द्र कार्की, खुल्ला सदस्यमा अंकध्वज परियार, अनिशा जयन्ती श्रेष्ठ, अंग देवकोटा, गोविन्द कुमार शर्मा, नेत्र बहादुर बस्नेत, चेत नारायण बेलवासे, मञ्जु घिमिरे, यमराज सुवेदी, सदस्य समावेशीमा महिला अनिशा निरौला, जनजाती विनिता डङ्गोल, मधेशी सुनिल कुमार शाह, दलित गणेश विक, अन्यमा जगदिश प्रसाद अधिकारी निर्वाचित भएका हुन् ।


0 comment