काठमाडौं — नेपाल पत्रकार महासंघले महिला नेतृत्व पाउने करिब पक्का जस्तै देखिएकाृ छ । अहिलेसम्मको मतगणनामा अध्यक्षमा निर्मला शर्मा निकै अगाडी भएकी छन । अध्यक्षमा निर्मला शर्मा र रमेश विष्टबीचको मत अन्तर एक हजार भन्दा बढी देखिएको छ । एक हजार भन्दा बढी मतले निर्मला शर्मा अगाडी हुँदै करिब जितको नजिक पुगेकी छिन । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् भने विष्ट प्रेस युनियनको विद्रोही हुन् । रमेशलाई प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको समर्थन रहेको थियो । महासचिवमा रामप्रसाद दाहाल पनि जित नजिक पुगेका छन् । कोषाध्यक्षमा प्रेस सेन्टरका रामकृष्ण अधिकारीबाहेक पदाधिकारीका अन्य सबै पदमा शर्मा प्यानलका उम्मेदवारहरु अगाडि रहेका छन् ।
महासंघको अध्यक्षमा शर्मा, विष्टसँगै स्वतन्त्रबाट देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि उम्मेदवार थिए । हालसम्म उपत्यका प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रतिष्ठान प्रदेशको मतगणना सकिएको छ । यो समाचार तयार पार्दासम्म केही जिल्लाको मात्र मतगणना जारी छ । केन्द्रीय निर्वाचन समितिले सबै मतपरिणाम आइतबार एकैपटक सार्वजनिक गर्ने विशाल नेपाल अनलाइनलाई बताएको छ ।