काठमाडौं – बानेश्वर स्थित पेन्टागन कलेजमा कक्षा १२ मा अध्यनरत एक युवती काठमाडौंको पशुपति मन्दिर पछाडी रहेको जंगलमा मृत भेटिएकी छन् । काठमाडौं – ८ तिलगंगाबाट पशुपति जाने बाटो नजिकै रहेको जंगलको झाडीमा मनिसा मिजार मृत भेटिएकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौको प्रवक्ता नवराज अधिकारीकाअनुसार शंकरापुर नगरपालीका – ५ घर भई हाल शान्तिनगर बस्दै आएकी मनिसा जंगलमा मृत भेटिएकी हुन्।  
a
प्रहरीका अनुसार शव भेटिएको  ६÷७ मिटर नजिकै ओस्ताज नामक विषादिको खाली बट्टा फेला परेको छ । उनी हराएको भन्दै उनका आफन्तले प्रहरी वृत बानेश्वरमा निवेदन दिएका थिए । प्रहरीले खोजी गर्ने क्रममा जंगलमा उनको शव फेला पारेको हो । 

उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ । घटनास्थलमा सुसाइड नोट समेत फेला परेको प्रहरीले जनाएको छ। सुसाइड नोटमा लेखिएको छ, ुबाँच्न मन छैन, सबैतिर म असफल भएँ। कसैले जीवित देखे बचाउनतिर नलाग्नुस्,मलाई मर्न दिनुस् ।’ उनले जीवनदेखि हार खाएका गुनासो पत्रमा लेखेकी छिन्।