काठमाडौं - नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखामा आदिवासी जनजाति तर्फ नेपाल प्रेस युनियनबाट उम्मेदवार हुनुभएकी विनिता डंगोल (दायाँ छेउको हरियो ज्याकेटमा) निर्विरोध निर्वाचित भएसँगै काठमाडौं शाखामा नेपाल प्रेस युनियनले खाता खोलेको छ।
युनियनका जिल्ला र प्रदेशका पदाधिकारीहरूको रोहबरमा छनोट भएका अन्य उम्मेदवारहरू पनि परिपक्व, लोकप्रिय, सहयोगी श्रमजीवी पत्रकारहरू नै भएकाले उहाँहरूको पनि जित सहज बनेको छ। काठमाडौं शाखामा युनियनको तर्फबाट खुल्ला उपाध्यक्षमा गोविन्द गिरी, सचिवमा रमेश कुमार बोहरा, सहसचिवमा ऋषिराम बस्याल, सहसचिव (समावेशी)मा ईश्वरी (ईशा) अधिकारी, खुल्ला सदस्यमा अनिशा श्रेष्ठ, नेत्रबहादुर बस्नेत, मानकाजी तामाङ, यादव देवकोटा र महिला सदस्यमा कल्पना खड्कालाई उम्मेदवार बनाइएको छ।
यसैगरी प्रेस चौतारीको तर्फबाट अध्यक्षमा पुष्कर बस्नेत, उपाध्यक्ष (समावेशी) सितामाया पौडेल, कोषाध्यक्ष राम कार्की, खुल्ला सदस्यमा राजु नापित, शंकर ज्ञवाली, समर रोकाया, श्रीकृष्ण ढकाल, मधेसी तर्फ सुनिल कुमार शाह र अन्यतर्फ जगदीश प्रसाद अधिकारीलाई उम्मेदवार बनाइएको छ ।
सबैलाई मतदान गरी विजय गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु।


0 comment