काठमाडौं — रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले दुर्व्यवहार गरेको प्रकरणमा प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई राष्ट्रिय मानव अधिकार आयोगले छलफलका लागि आयोगको कार्यालयमा बोलाएको छ ।

आईजीपीलाई बोलाइएको आयोगका सह प्रवक्ता  श्यामबाबु काफ्लेले पुष्टि गरेका छन् । काफ्लेले भने–‘उहाँलाई आज छलफलका लागि बोलाइएको हो ।’

मङ्सिर २० मा मध्यराति १२ बजे प्रहरीले लामिछानेलाई चितवनबाट पोखरा लगेको थियो । लामिछानेलाई अमानविय व्यवहार गरेको भनेर सर्वत्र आलोचना भइरहेको छ ।

त्यसबारे छानबिन गर्न रास्वपाले मानवअधिकार आयोगमा उजुरी नै दिएको छ । रविलाई प्रतिशोध साँधेर राज्यले हमाला गरिरहेको रास्वपाको ठहर छ । रविलाई प्रतिशोध साँधेको भन्दै पूर्व गृहमन्त्री एंव माओवादीका नेता नारायण काजी श्रेष्ठले समेत विरोध जनाएका छन ।