काठमाडौं — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबाट पत्रकारले असुरक्षाको महसुस भएको बताएका छन । शान्ति सुरक्षाको माग गर्दै पत्रकारद्वय जनकऋषी राई र गोपाल दाहालले मेयर हर्कराज राई (साम्पाङ) विरुद्ध प्रहरीमा उजुरी दिएका हुन । इलाका प्रहरी कार्यालय धरान, सुनसरीमा बिहीबार उनीहरूले शान्ति सुरक्षा माग गर्दै निवेदन दर्ता गराएका छन् । मेयर साम्पाङलाई विपक्षी बनाई निवेदन दिइएको छ ।
‘‘नगर प्रमुखजस्तो जिम्मेवार व्यक्तिले आफ्नो पदिय मर्यादा र कर्तव्यलाई नै भुलि हामी समग्र पत्रकारहरूलाई साह्रै अन्यायमा पारेको हुँदा साथै निज विपक्षीका समर्थक लेखक राईले समेत ग.., फटाहा भनी तथानाम गालीगलौज गरी स्टाटस पोस्ट गरेको हुँदा निज विपक्षीहरूलाई यस कार्यालयमा अविलम्ब झिकाई आवश्यक छलफल गराई, आवश्यक कारबाहरी गरि, शान्ति सुरक्षाको प्रत्याभुती दिलाई न्याय इन्साफ पाउन सादर निवेदन गर्दछौँ,’ प्रहरीमा दर्ता भएको निवेदनमा भनिएको छ । खोज पत्रकारीता केन्द्र (खोपके) ले प्रकाशित गरेको ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ मा समेटिएका विषयमा आपत्ति जनाउँदै मेयर साम्पाङले धम्कीसहितको स्टाटस लेखेका थिए । मेयर साम्पाङले यसबारे जवाफ दिन उनले बिहीबार पत्रकार सम्मेलन समेत आयोजना गरेका थिए । पत्रकारमाथीको धम्की विरुछ चौतर्फी रुपमा विरोध भइरहेको छ । स्थानीय सरकार प्रमुख बाट नै यस प्रकारको हर्कत हुनु निकै दुखद पक्ष भएको टिपणी पनि भइरहेको छ ।



0 comment