दक्षिण कोरियाका राष्ट्रपतिले गत मंगवार राति देशमा सैन्य शासन लगाउन 'मार्शल लु' घोषणा गर्दा आफ्नै पार्टीसहित केही नेताहरूलाई पक्राउ गर्न आदेश दिएको खुलेको छ।

बिबिसीका अनुसार उनले पक्राउ गर्न भनेका नेताहरूको सूचीमा उनकै दल पीपल्स् पावर पार्टी (पीपीपी) का हान दोङ–हून र प्रमुख प्रतिपक्षी दल डेमोक्र्याटिक पार्टीका ली जे–म्युङ र अन्य तीन सांसद परेको दक्षिण कोरियाको गुप्तचर निकाय ुन्याश्नल इन्टेलिजन्स सर्भिसुका उपनिर्देशक होङ जाङ–वोनले बताएका छन्।

उनका अनुसार राष्ट्रपतिले ती नेताहरूलाई ‘पक्रिन र आफ्नो बाटोबाट हटाउन’ खोजेका थिए।

दक्षिण कोरियाका राजनीतिक पार्टीहरूले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने योजना अगाडि बढाउन शुक्रवार आपत्कालीन बैठकहरू गर्दा यी कुराहरू खुलेका हुन्।

महाभियोग प्रस्तावका लागि शनिवार मतदान हुन लागेको छ। डेमोक्र्याटिक पार्टीले उक्त प्रस्ताव पारित गर्न पुग्ने सङ्ख्या सुनिश्चित हुनासाथ मतदान हुने छ।

देशको संसद् सैन्य कानुन र शासनविरुद्ध उभिएपछि राष्ट्रपतिले केही घण्टापछि आफ्नो निर्णय फिर्ता गरेका थिए।