काठमाडौं — सवारी दुर्घटनाले सवारी चालकको ज्यान जाने क्रम बढदो छ । 

प्राय साना सवारीलाई ठूला सवारीले पेल्ने लेन क्रस गर्ने गरेको पाइन्छ । जसका कारण दुघर्टना निम्तीरहेको छ । यस्तै घटना भक्तपुरमा भएको छ । भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ भने दुर्घटनामा अर्का एकजना घाइते भएका छन् । प्रहरीले बताए अनुसार दुर्घटनामा श्रीमती ४१ वर्षिया नवीना देउलाको मृत्यु भएको हो भने श्रीमान जितवहादुर देउला घाइते भएका हुन् । श्रीमानको उपचार भइरहेको छ । 

काठमाडौं आउँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले सोही दिशामा रहेको स्कुटरलाई पछाडीबाट ठक्कर दिएको थियो । ट्रक चालक ३८ वर्षीय बुद्ध बहादुर घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडक दुघर्टनामा चालकको नै लापरवाही जिम्मेवार हुने जानकार बताउछन ।