काठमाडौं — चन्द्रगिरि नगरपालिका बालबालिकाका क्षेत्रमा काम गर्ने दौडानमा निकै अगाडी बढिसकेको छ । नगरपालिकाले क्रमश आफ्नाहरुलाई वडाहरुलाई बालमैत्री बनाउदै लैजाने योजनासमेत अघि सारेको छ । यसै सन्दर्भमा यस वर्षको ‘सिविन–नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित भएको छ । बालअधिकार संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा नगरपालिकाले अतुलनीय काम गरेको हुनाले सिविन नेपालले एक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई सम्मान प्रदान गरेको हो । नगरपालिकाले जोखिममा रहेका बालबालिकाको आपत्कालीन सहयोगका लागि ‘बालकोष’ स्थापना गरेर सेवा प्रदान गरिराखेको छ । साथै नगरपालिकाले आफ्ना १५ वडामध्ये आठ वटा वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिसकेको छ । चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठले सो सम्मान ग्रहण गर्दै आगामी दिनमा बालअधिकार संरक्षण तथा प्रवर्द्धन लागि थप आवश्यक नीति तथा कार्यान्वयन गरिने जानकारी दिइन । चन्द्रागिरि नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालका अनुसार नगरपालिकाले आफ्नो सेवालाई बालमैत्री बनाउने नीति अबलम्बन गरेको छ । सम्मानपत्रमा बालअधिकार संरक्षण तथा प्रवर्धनमा चन्द्रागिरि नगरपालिकाको प्रतिवद्धता र काम अन्य स्थानीय सरकारका लागि पनि अनुकरणीय रहेको जनाइएको छ । यो सम्मानले नगरपालिकालाई आगामी दिनमा बालमैत्री अभियानलाई अगाडी बढाउन झन हौसला मिलेको बुझ्न सकिन्छ ।


0 comment