काठमाडौं - बलात्कार पीडित महाराजगञ्ज-४८ आफुमाथी अन्याय भयो भन्दै फेरी एकपटक मिडियामा आएकी छिन् ।
२०७३ साल असार १८ गते घरमा रहेको सटरको पसल किनेर बस्दै आएका आरोपित रवी रत्न चुँडाल मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भान्जा भएको समेत उनले बताईन् ।
२०७९ मंसिर १ गते आफ्नो छोरो विदेश गईसकेपछी एक्लै बसेकी महाराजगञ्ज-४८ लाई चुँडालले पटक पटक बलात्कार गरेको उनको आरोप छ । उनका अनुसार अन्तिम पटक २०८० साल जेठ १७ गते उनी चुँडालबाट बलात्कृत भएकी हुन् । बलात्कार मात्र नभई चुँडालले पटक पटक पैसा समेत लिएको उनको आरोप छ ।
आफुसँगै आफ्ना छोरालाई समेत मारिदिने धम्की दिएकाले आफुले घटना हुने बित्तिकै घटनाको उजुरी नदिएको उनले बताईन् । आफु आत्महत्या गर्ने मनस्थितीमा पुगिसकेको अवस्थामा साथिहरुले ढाडस दिएपछी बल्ल महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा उजुरी गर्ने पुगेको उनको भनाई छ ।
विभिन्न बहानामा महाराजगञ्ज प्रहरीले उजुरी दर्ता गर्न नमानेपछी फेरी आफु टेकु प्रहरी परिसर पुगेको तर, त्यहाँ पनि उजुरी दर्ता नभएको उनले खुलाईन् । पछी सरकारी वकिलको सहायताले आफ्नो उजुरी दर्ता भएको तर उजुरी दर्ता भएपछी समेत प्रहरीले आरोपितलाई पक्राउ नगरेको पनि उनको आरोप छ । प्रहरीले सहयोग नगर्ने देखेपछी आफु अदालत गएको र त्यसपछी बल्ल आरोपितलाई पक्राउ गर्ने आदेश अदालतबाट जारी भएको उनले बताईन् ।
पक्राउ आदेश जारी भएको ८ महिनासम्म पनि महाराजगञ्ज प्रहरीले आरोपितलाई पक्राउ नगरेपछी आफु गृह मन्त्रालय गएको र तत्कालिन गृह मन्त्री रवी लामिछानेका स्वकीय सचिवसामु रोई कराई गरेर टेकु प्रहरीमार्फत पक्राउ गराएको उनले जनाईन् । तर चुँडाल पक्राउ परेको भोलिपल्टै आफुलाई पनि झुठो उजुरीमा पक्राउ गरिएको उनले बताईन् । बलात्कार आरोपित १ लाख धरौटीमा छुटेको र आफु चाहिँ झुठो मुद्दामा साँढे २ लाख धरौटीमा परेको उनको गुनासो छ । आफ्नो सटर खाली गरी पाउँ भन्ने मुद्दामा पनि चुँडाल सम्पर्कविहिन बसेर हद म्याद कटाएको उनको आरोप छ ।
आफुले प्रमाणका लागी राखेका फोटो भिडियो तथा कुराकानीहरु सबै चुँडाल आफैँले मोबाईल खोसेर डिलिट गर्ने गरेको पनि उनले बताईन् । आरोपितले कुकृत्य गर्दाका घाउ तथा निलडामहरु भने साथीलाई मेसेन्जरमा पठाएकाले प्रमाणको रुपमा पेश गर्न सकेको उनले भनिन् ।
जिल्ला अदालत काठमाडौंको फैसला चित्त नबुझेपछी महाराजगञ्ज-४८ उच्च अदालत पाटन पुगिन् । उच्च अदालत पाटनले गत भदौ २७ गते जिल्ला अदालत काठमाडौंको फैसला वदर गर्दै आरोपितलाई पुन: पक्राउ गर्ने आदेश जारी गरिसकेको छ । तर अझै पनि आरोपित चुँडाललाई प्रहरीले पक्राउ गरेको छैन । आफुले न्याय पाउने आशामा पीडित अझै पनि विभिन्न प्रहरी चौकी र मिडिया धाउँदै छिन् ।
२०८१ बैशाख २१ गते आफुमाथी बलात्कार भयो भन्दै उनी पहिलो पटक मिडियामा आएकी थिइन् ।
हेर्नुहोस् उनको पुरानो भिडियो ।

0 comment