काठमाडौ । 

भोलीबाट वीपी राजमार्गमा रुट अनुमति लिएका गाडीहरु चलाउन पाइने भएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार बाढी र पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्रयाक खोलेर साना गाडीहरु मात्र चल्न दिइएको जनाइएको छ ।
दशैं मनाउन घर गएकाहरु फर्किने समय भएकाले यातायात व्यवसायिहरुले आज सोमबारदेखि ठूला बसहरु समेत चलाउन खोजेका थिए । तर चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा समस्या आई पहिरोको जाखिम उत्तिकै देखिएको हुनाले साना गाडी मात्र चलाउन दिइएको छ । 

साँझसम्म सुधार गरेपछि अनुमति प्राप्त सवारी साधन सावधानीपूर्वक सञ्चालन गर्न दिन लागिएको डिभिजन प्रमुख सीडीई सुमन योगेशले जानकारी दिएका छन । भकुन्डेबेसी वर्षेखोला खण्डमा अहिले पनि सुख्खा पहिरो झर्ने जोखिम बढिरहेको छ । रातको समयमा यात्रा नगर्न सबैलाई आग्रह गरिएको छ । वीपी राजमार्गमा साना सवारी मात्र सावधानीपूर्वक सञ्चालन गर्न आग्रह गरिएको छ । यात्रा गर्दा ध्यानदिएर यात्रा गर्न र सावधानी अपनाउन पनि सबैलाई जनाइएको छ ।