काठमाडौं -  यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ मार्ग सुचारु भएको छ । नेपाली सेनाको सक्रियतामा यो सम्भव भएको हो । 

मकवानपुर जिल्ला, भीमफेदी गाउँपालिका- ८ महादेवटार र ललितपुर जिल्ला, बाग्मती गाउँपालिका- २ बगुवास्थित बाग्मती खोलामा रहेको पुलको केही भाग बगाए पश्चात् अवरुद्ध भएको कान्ति लोकपथ मार्गमा सोमबारबाट सवारी आवागमन सुचारु भएको छ । 

उक्त मार्गमा सवारी आवागमन सहज रुपमा सुचारु गर्न नेपाली सेनाले अन्य निकायको सहयोगमा कार्य गरिरहेको जनाएको छ ।