काठमाडौं - बाढी र पहिरोले पिल्सीएका जनतामाथी एकपछि अर्को बज्रपात परिरहेको छ । दशैंको लागि गाउँफर्किने यात्रुवाहक सवारी दुर्घटना भइरहेका छन् ।

काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना भएको छ । सोमबार दिउँसो करिब ३ बजे सो बस दुर्घटना भएको बताइएको छ ।

बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए । मृत्यु हुनेको सनाखत हुन बाकी रहेको जनाइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ । 

पहिरोका कारण सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट यातायात सञ्चालनमा ल्याइएको छ । वैकल्पिक मार्गबाट सवारी चलाउदा दुर्घटनाको जोखिम उच्च रहने जानकारहरुको भनाई रहेको छ ।