काठमाण्डौ -  हिजो शनिबार काठमाण्डौ स्थित बेबिलोन नेशनल स्कुल शान्तिनगरमा "हामी धराने काठमाण्डौ" द्वारा आयोजित वडा दशै , तिहार र छठ पुजा २०८१को शुभकामना आदान प्रदान तथा धरान सरोकार समाजका संस्थापक एवम समाजसेवि स्व. प्रभु प्रसाद श्रेष्ठलाई मरोणप्रान्त सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको  छ। 

न्याय परिषद सदस्य मा.रामप्रसाद श्रेष्ठज्युको प्रमुख अतिथ्यमा सम्पन्न उक्त्त कार्यक्रममा विशेष अतिथि प्रतिनिधि सभा सदस्य मा. प्रेम सुवाल  त्यसैगरी वरिष्ठ अधिवक्ता हरिहर दाहाल,धरान उ.मा.नगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ ,प्रा.डा. कृष्णप्रसाद दाहाल, भुपू AIG सन्दिप भण्डारी लगाएत बिसिस्ट व्यक्तित्व तथा काठमाण्डौ बसोबास गर्ने धरान वासिहरुबिच चियापान सहित भब्यव्ताका साथ सम्पन्न भएको छ । 

आफ्नो जन्मभुमी धरान छोडी काठमाडौ  बस्दै आएका धरानवासिहरुबिच चाड पर्वको अवसरमा एक आपसमा सद्भाव कायम गर्न गरिएको उक्त कार्यक्रममा अविरल बर्षाका बावजुद पनि धरानवासिहरुको उल्लेखनीय उपस्तिथी रहेको थियो । कार्यक्रममा शुभकामनाका साथै धरान बजारमा राजमार्गको नाममा रोक्का गरिएका घर तथा जग्गाका कारण सृजना भएको समस्याबारे सहयोगका लागि सबैले आआफ्ना स्थानबाट आवाज उठाउन अपिल समेत गरेका थिए। 

हामी धराने काठमाण्डौ अध्यक्ष राजेन्द्र श्रेष्ठज्यु को अध्यक्षतामा सम्पन कार्यक्रमको संयोजन शशी शर्मा पौडेलले गर्नु भएको थियो भने  कार्यक्रम सन्चालन संस्थाका सचिव बिनोद श्रेष्ठले गर्नु भएको थियो।