काठमाडौं -  विपी राजमार्गमा एम्बुलेन्स मै दुईजना विरामीको मृत्यु भएको छ । बाढीले राजमार्ग बगाएर अबरुद्ध भएपछि काठमाडौँतर्फ बिरामी लिएर आएका फरक फरक एम्बुलेन्समा दुईजनाको मृत्यु भएको हो । 

 सिन्धुलीको सुनकोसी गाउँपालिका-१ दुम्जामा रोशी र कोसीमा आएको बाढीका कारण विपी राजमार्ग अवरुद्ध हुँदा  बा २१ च ७५२३ नम्बरको एम्बुलेन्स मार्फत काठमाण्डौँ लैजाँदै गरेको अवस्थामा कमलामाई नगरपालिका ४ मल्लागाउँकी करिव ९५ वर्षकी वृद्धा टीका कुमारी भुजेलको एम्बुलेन्समै मृत्यु भएको छ । 

यस्तै महोत्तरीको बर्दिवासबाट ज १ च १७०८ नम्बरको एम्बुलेन्समार्फत काठमाण्डौँ  आउँदै गरेको एम्बुलेन्समा बर्दिवास नगरपालिका-८ महोत्तरीका करिव ४५ वर्षका मानबहादुर सिंजालीको मृत्यु  एम्बुलेन्समै भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।