काठमाडौं - गत भदौ २३ र २४ को प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको झन्डै साढे ४ अर्ब बिमा भुक्तानी भएको छ । बिमा कम्पनीहरूमा २३ अर्ब ४४ करोड ६ लाख रुपैयाँको दाबी परेकोमध्ये ४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ ।

सबैभन्दा बढी ३ अर्ब २१ करोड ८९ लाख रुपैयाँ सम्पत्ति बिमा (घरसम्पत्ति) अन्तर्गतको छ। सम्पत्ति बिमापछि धेरै भुक्तानी भएको मोटर बिमा हो। जसमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ ।

खासगरी ठूला क्षतिमा मूल्यांकन र प्रक्रियागत काम नसकिएकाले परेको दाबीमध्ये कम मात्र बिमा भएको देखिएको बिमा कम्पनीहरूले जनाएका छन्।