काठमाडौं - जेनजीका तीनवटा संगठनले एकीकृत रूपमा सरकारसँग सहकार्य गर्दै आन्दोलनका मुद्दाहरू समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘जेन-जी मुभमेन्ट अलायन्स,’ ‘काउन्सिल अफ जेन-जी’ र ‘जेन-जी फ्रन्ट’का प्रतिनिधिले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर जेन-जीको नेतृत्वमा भएको जनआन्दोलनको जनादेश सम्बन्धमा प्रस्तावित सम्झौतापत्र बुझाएका छन्।

तीन संगठनले संयुक्त रूपमा बुझाएको सम्झौतापत्रमा जनआन्दोलनकारी र राज्य पक्षबीच छलफल गरेर तयार पारिएका सुझावहरू समावेश रहेको जनाइएको छ। प्रधानमन्त्री कार्कीले दस्तावेज प्राप्त गरेपछि आवश्यक अध्ययन गरेर उपयुक्त निर्णय लिने बताइन्।