काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (शुक्रबार) बेलुकी सिंगापुरबाट स्वदेश फर्किंदैछन् । देउवा १० कात्तिकमा पत्नी डा. आरजु राणा देउवाका साथ उपचारका लागि सिंगापुर गएका थिए।

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा देउवा दम्पती घाइते भएका कारण उनीहरूले विदेशमा उपचार गराइरहेका थिए। यसअघि, २४ भदौमा आक्रमणमा परेका देउवा दम्पती २८ असोजमा बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सार्वजनिक भएका थिए। 

सोही बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी समेत सुम्पिएका थिए।