काठमाडौं - पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरिएको छ।
गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले २३ र २४ भदौमा भएका घटनाको अनुसन्धानका क्रममा खापुङलाई विदेश जान नपाउने व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको हो।
आयोगले उनको उपत्यका बाहिरको आवतजावतसमेत गृह मन्त्रालयको स्वीकृतिबिना गर्न नपाउने व्यवस्था गर्न निर्देशन दिएको छ।
यसअघि आजदेखि लागू हुने गरी सरकारले दानबहादुर कार्कीलाई नयाँ प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ। कार्कीले आजै गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएर जिम्मेवारी सम्हालेका छन्।




0 comment