काठमाडौं - काठमाडौंको बूढानीलकण्ठस्थित एक घरमा छापा मारेर आइतबार साँझ प्रहरीले पक्राउ गरेका २३ भारतीय नागरिकलाई आज पत्रकार सम्नेलन गरी सार्वजनीक गरेको छ ।
रातभरीको अपरेशन पछि उनीहरुलाई पक्राउ गरिएको थियो । अपरेशन पछि नियन्त्रणमा लिइएका अधिकांश भारतीय नागरिक भएको खुलेको छ । उनीहरूका साथबाट ८८ थान मोबाइल, १० ल्यापटप र ८१ हजार रुपैयाँ बरामद गरिएको थियो ।
भारतीयले सञ्चालन गरेको अनलाइन अखडामा नेपाल प्रहरीले छापा मारेको यो पहिलोपटक हो ।
घर नै भाडामा लिएर अनलाइन जुवा धन्दा चलाईरहेका अभियोग लागेका भारत बिहार राज्य बाका घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–३ गैरीगाउँ बस्ने २२ वर्षीय वकिल कुमार यादव समेत २३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनु भयो ।
आज जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी विभिन्न ३ वटा घटनामा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गरेको छ। आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले घटनाको बारेमा बिस्तृत जानकारी दिनु भयो।
यहि माघ २६ गते काठमाडौं महानगरपालिका वडा नम्बर १५ डल्लु बस्ने ज्ञानरत्न मानन्धरको घरमा डेरा गरी बस्ने दोलखाको फस्कु मैलुङ्ग नगरपालिका ७ कि सुनिता ठकुरीको डेराबाट सुनका गरगहना चोरी गरेको आरोपमा पक्राउ परेका काठमाडौं वडा नम्बर २९ घर भई हाल बसन्तपुर बस्ने वर्ष ४१ का नरेन्द्र देउला पक्राउ परेका हुन् भने काभ्रे पनौती घर भई बस्न्तपुर बस्दै आएका कोमल बहादुर कार्कि र भारत कलकत्ता प्रदेश घर भएका वर्ष ५८ का जागिर मलिक उक्त चोरिको गरगहना किनेको आरोपमा पक्राउ परेका थिए । प्रहरीले उनिहरुको साथबाट चोरीको गहना बरामद गरेको छ । आज पत्रकार सम्मेलनमा उनिहरुलाई सार्वजनिक गरिएको थियो ।
यसै गरी यहि माघ २६ गते बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ७ कुमारिगालमा चोरिको साधारण मोबाइल लिने बिषयमा युवाहरुको २ समूह भएको झगडामा चक्कु प्रहार हुदा वर्ष २३ का अमृत भनिने संघर्ष कार्किको उपचारको क्रममा मृत्यु भएको थियो।
सोही घटनामा संलग्न दोलखा जिल्ला जिरी नगरपालिका १ घर भई काठमाडौंको कपन सिमलटार बस्ने वर्ष २२ का युनिक लामा भनिने नुर्बु शेर्पा, सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका ८ घर भई गोकर्णेश्वर नगरपालिका ८ बस्ने वर्ष २० को विशाल तामाङ्ग, झापा जिल्ला भद्रपुर नगरपालिका २ घर भई गोकर्णेश्वर नगरपालिका ६ बस्ने वर्ष १९ का छितिज कार्किलाई पनि सार्वजनिक गरिएको थियो ।
माघ १५ गतेदेखि अहिलेसम्म तीन हजार ३७९ फरार प्रतिवादीलाई पक्राउ गरी कानुनको दायरामा ल्याएको पनि प्रवक्ता बोहोराले जानकारी दिए ।
पत्रकार सम्नेलनमा बोल्नुहुँदै जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विश्व अधिकारीले काठमाडौंबासीहरुको शान्ती सुरक्षाका लागि आफू लगायत मातहतका प्रहरी अहोरात्र खटिने र सेवाग्राहीसँग आर्थिक लाभ लिने कुनै पनि दर्जाका प्रहरी कर्मचारीमाथी अन्तिम तहको कारवाही गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।
प्रमुख अधिकारीले भोलिदेखि प्रहरी परिसरमा सेवाको लागि आउने सबै सेवाग्राहिको विवरण राखिने र त्यसको लागि फाराम भर्न समेत अनुरोध गर्नु भयो ।
0 comment