काठमाडौं - संसदीय सुनुवाइ समितिले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन गरेको छ ।
उहाँ उपर आज संसदीय सुनुवाइ भएको थियो । समितिको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी गर्नुभएको थियो ।
कार्ययोजनामा उहाँले युरोपेली मुलुक र बहुपक्षीय फोरमहरुमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
समितिले अनुमोदन गरेसँगै लम्साललाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ ।
0 comment