काठमाडौं - निर्मला कुर्मीको न्याय माग्दै प्रदर्शन गर्दै आएकी रुबी खानसँग सरकारले तीन बुँदे सहमति गरेको छ। 

आज गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋृषिराम तिवारी, उपसचिव दिलकुमार तमाङरूबी खानबीच माइतीघर मण्डलमा सहमति भएको हो।

निर्मला कुर्मीको मुद्दालाई कानुनी प्रक्रियामा अगाडि बढाउनुपर्ने भन्दै उनीहरू जेठ २५ गतेदेखि काठमाडौँ माइतीघर मण्डला सहित विभिन्न ठाउँमा प्रदर्शन गर्दै आइरहेका छन्।

सहमतिअनुसार कुर्मी प्रकरणको शीघ्र निरुपणका लागि प्रहरी प्रधान कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने निर्णय भएको छ । 

माग सम्बोधन भएसँगै उनीहरूले प्रदर्शन स्थगित गर्ने बताएका छन्। 

निर्मला कुर्मी बेपत्ता प्रकरणमा अनुसन्धानको विषयलाई लिएर सरकारले खानसँग यसअघि चार पटक सहमति गरिसकेको छ ।